नियम
समितिको काम कर्तव्य र अधिकार
ऐनको दफा १५ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) खेलकुदको विकासका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाई परिषद्मा पेश गर्ने,

(ख) राष्ट्रिय खेल सङ्घ वा महासङ्घ, खेल तथा खेलाडीहरुको अभिलेख अच्चावधिक गर्ने, गराउने,

(ग) परिषद्द्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने,

(घ) परिषद्सँग आबद्ध राष्ट्रिय सङ्घ वा महासङ्घको काम कारबाहीको सदस्यहरुको कार्य विभाजन गरी स्वीकृतिको लागि परिषद्मा पेश गर्ने,

(ङ) खेलको वर्गीकरण र ८ प्राथमिकता निर्धारण गरी परिषद्मा पेश गर्ने ।